२७ जेठ २०८३, बुधबार

विश्व क्रिकेटमा आगो बाल्दै बंगलादेश, जम्मा ६० रनमा न्युजील्यान्ड अलआउट

भदौ १६, २०७८
विश्व क्रिकेटमा आगो बाल्दै बंगलादेश, जम्मा ६० रनमा न्युजील्यान्ड अलआउट

अस्ट्रेलियाविरुद्धको शृंखला जितेर उच्च मनोबल हासिल गरेको बंगलादेशले बुधवार न्युजील्यान्डविरुद्धको शृंखलाको पहिलो टी२० मा शानदार प्रदर्शन गरेको छ । 

ढाकाको शेरे बंगला राष्ट्रिय रंगशालामा टस जितेर ब्याटिङ रोजेको न्युजील्यान्ड जम्मा ६० रनमा अलआउट भएको छ । 

बंगलादेशका सबै बलरले धारिलो बलिङ गर्दै न्युजील्यान्डका ब्याट्स्म्यानहरूलाई आच्छुआच्छु पारेका थिए । मुस्तफिजुर रहमानले तीन विकेट हात पारे भने नसुम अहमद, शाकिल उल हसन र सैफुद्दीनले दुई–दुई विकेट लिए । 

न्युजील्यान्डका टम लाथम र हेनरी निकोल्सले मात्र दोहोरो अंकमा रन बनाउन सके । उनीहरू दुवैले समान १८–१८ रन बनाए । 

जवाफमा बंगलादेशले समाचार तयार पार्दासम्म एक ओभरमा १ रन बनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्