
सरकारले अघिल्लो सरकारले अध्यादेश मार्फत वृद्धि गरेको ३३ प्रतिशतको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
यस्तै सरकारले धीतोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा ३ सदस्य जाँचबुझ समिति गठन गरेको छ । समितिमा प्राध्यापक नारायण प्रसाद पौडेल र नेपाल कानुन आयोगका सहसचिव अर्जुन कुमार खड्का सदस्य रहेका छन् ।
बैठकले मेडिकल काउन्सीलको रिक्त सदस्य पदमा मोरङ्गका डा. विक्रान्त ढकाललाई र युवा तथा साना ब्याबसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा कास्कीका विश्वमोहन अधिकारीलाई नियुक्त गरेको छ ।