२३ जेठ २०८३, शनिबार

सर्वोत्तम सिमेन्टको शेयर प्रकरण: सरकारले बनायो न्यायिक समिति, अध्यक्ष ढुंगाना निलम्बित

सर्वोत्तम सिमेन्टको शेयर प्रकरण: सरकारले बनायो न्यायिक समिति, अध्यक्ष ढुंगाना निलम्बित

सरकारले सर्वोत्तम सिमेन्टको सेयर खरीदमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गर्दै न्यायिक छानविन समिति गठन गरेको छ।

मन्त्रीपरिषदको बुधबार बसेको बैठकले तीन सदस्यीय छानविन समिति गठन गरेको हो। मन्त्रिपरिषद्ले छानविन प्रक्रिया प्रभावित हुनसक्ने वा प्रमाण नष्ट हुनसक्ने कारण देखाउँदै बोर्ड अध्यक्ष ढुंगानालाई निलम्बनको निर्णय गरेको हो।

 उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित समितिमा नेपाल कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का र विज्ञ सदस्यका रुपमा नारायणप्रसाद पौडेल सदस्य छन्।

बुक विल्डिङ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको आफ्नै छोरीका नाममा १० हजार कित्ता सेयर ढुंगानाले लिएका थिए।

 अमेरिका बस्ने छोरी रेविका ढुंगानाका नाममा सेयर लिएको सार्वजनिक भएपछि अर्थमन्त्रालयले संस्थागत रुपमा धितोपत्र बोर्डका नाममा स्पष्टीकरण सोधेको थियो। व्यक्तिले सेयर लिएर प्रकरणमा संस्थागत स्पष्टीकरण सोधेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको समेत आलोचना भएको थियो।

यो आलोचनापछि मन्त्रालयले समेत छानविन समिति बनाएको थियो। यही प्रकरणमा नेपाल स्टक एक्सचेन्ज(नेप्से)का सिईओले राजीनामा दिएका थिए।

salt training

कमेन्ट गर्नुहोस्