३१ जेठ २०८३, आइतबार

खाद्य कम्पनीले दसैंमा तीन हजार खसीबोका ल्याउने

भदौ १७, २०७८
खाद्य कम्पनीले दसैंमा तीन हजार खसीबोका ल्याउने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले आगामी दसैंलाई लक्षित गरेर तीन हजार खसीबोका र च्यांग्रा खरिद गर्ने तयारी गरेको छ । दसैंमा खसीबोकाको खपत बढी भई निजी क्षेत्रबाट मनपरी मूल्य लिएर उपभोक्ता ठगिन सक्ने भन्दै कम्पनीले बजार मूल्य नियन्त्रण गर्नका लागि खसीबोका खरिद गर्न लागेको हो ।

दसैंका लागि १ हजार ६ सय खसीबोका र १ हजार ४ सय च्यांग्रा ल्याउने तयारी गरिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । यसका लागि ६ करोड रुपैयाँ छुट्याइएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले विगतका वर्षहरुमा दाङ, हेटौंडा, नेपालगञ्जलगायत स्थानबाट खसीबोका ल्याउने गरेको थियो । कम्पनीले बजार मूल्यभन्दा प्रतिकेजी १० रुपैयाँ छुट दिएर बिक्री गर्ने गर्छ । कारोबारमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्