२१ जेठ २०८३, बिहीबार
बाढीको कहर

दाङमा बाढीले कार बगायो, चार जनाको मृत्यु

भदौ १७, २०७८
दाङमा बाढीले कार बगायो, चार जनाको मृत्यु

दाङमा बाढीले गएराति गाडी बगाउँदा चार जनाको मृत्यु भएको छ । बाढीले प्रदेश ०३– ०१ –०२४च ४४४० नम्बरको कारलाई बाढीले बगाएको हो  ।

घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४ सिस्ने खोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरमा दुई दिदी बहिनीसहित चार जनाको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिएका छन् ।

चालकलाई भने प्रहरीले उद्धार गरेको छ । रुपैडैयाँ किनमेल गरेर फँर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो ।

घटनामा परि घोराही १३ की ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ की ३० वर्षीया राधा श्रेष्ठ कुँवर, घोराही–१३ की ४० वर्षीया रीता माया पुन र घोराही–१४ का ४२ वर्षीया बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृतक राधा र सुशीला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगत श्रेष्ठका छोरीहरू हुन् । चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्