
दसैंतिहार र छठलाई लक्षित गरेर टिभिएसले ६ प्राइजको सरप्राइज योजना ल्याएको छ। टिभिएसका वाइक र स्कुटर किन्नेले ६ पटकसम्म उपहार जित्ने अवसर पाउने टिभिएसको नेपालको अधिकृत बिक्रेता जगदम्बा मोटर्सले जनाएको छ।
योजना अन्तर्गत ग्राहकले टिभिएसको वाइक र स्कुटर नकिने पनि एक लाख रुपैयाँ जित्न सक्ने कम्पनीले जनाएको छ। त्यसका लागि tvsnepal.com/dashain को वेवसाइटमा जानुपर्नेछ।
टिभिएसको सवारी साधन खरीद गर्नेले भने १० लाख रुपैयाँसम्म नगद पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार दैनिक रियलमी सी २० स्मार्टफोन पाउने छन्। कम्पनीले हरेक साता शतप्रतिशत क्यासब्याक अफर समेत राखेको छ।
ग्राहकले कुनै वाइक वा स्कुटर खरीद गरेमा शतप्रतिशत क्यासब्याक दिने कम्पनीले जनाएको छ। कम्पनीले हरेक महिना टिभिएस अपाचे आरआर ३१० उपहार समेत राखेको छ।
कम्पनीले वम्पर उपहारमा प्रोटोनको सागा कार दिने जनाएको छ। कम्पनीले इन्क्वारी गर्नेलाई समेत रियलमी स्मार्टफोन र अपाचे आरआर ३१० जित्ने मौका समेत दिएको छ। यो योजना बुधबारबाट कार्यान्वयन भएर चाडपर्व अन्त्य भएपछि सकिने कम्पनीले जनाएको छ।