२९ जेठ २०८३, शुक्रबार

मिर्गौला तस्करीमा नयाँ शैली : स्वेच्छिक नभेटिएपछि निशानामा बेरोजगार

कात्तिक २०, २०७४
मिर्गौला तस्करीमा नयाँ शैली : स्वेच्छिक नभेटिएपछि निशानामा बेरोजगार
काठमाडौं, १५ पुस-आर्थिक अभाव टार्न मिर्गौला बेच्ने भेटिन छाडेपछि तस्करहरूले बेरोजगार युवालाई फन्दामा पार्न थालेका छन् । बेरोजगार युवालाई जागिर दिने आश्वासन दिएर मिर्गौला तस्करीमा संलग्न आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेपछि निशानामा बेरोजगार पर्न थालेको खुलेको हो , आजको राजधानी दैनिकमा खबर छ |

भारतस्थित विभिन्न सहरमा जागिर लगाइदिने भन्दै बेरोजगार युवाहरूलाई झुक्याएर उनीहरूका मिर्गौला झिकेर बेच्ने तीनजनालाई पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।kidney

मिर्गाैला तस्करी गरेको आरोपमा पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध नयाँबस्ती बस्ने काभ्रे महादेवस्थान–७ का ४४ वर्षीय विकास भन्ने बिनुबहादुर तिमल्सिना, भक्तपुर कमलविनायक बस्ने दोलखा भीमेश्वर नगरपालिका–५ का ४७ वर्षीय प्रकाश बस्नेत र पोखरा कास्की दाङसिङ गाविस–५ का ३६ वर्षीय भीमप्रसाद न्यौपाने छन् ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख (एसएसपी) सर्वेन्द्र खनालका अनुसार उनीहरूमध्येका न्यौपानेले ग्राहकका रूपमा खोजेर ल्याएका दीपक नेपालीले आफ्नो मिर्गौला बेचिएको उजुरी प्रहरीमा गरेपछि मिर्गाैला तस्करीको नयाँ शैलीमाथि अनुसन्धान सुरु भएको थियो । एसएसपी खनालका अनुसार रोजगारी दिलाउने नाममा मिर्गौला बेचबिखनमा काभ्रेका तिमल्सिनासहित ६ जनाको समूह सक्रिय रहेकामा तीनजना पक्राउ परेका हुन् । अन्य तीनजना फरार छन् । तस्करीमा संलग्न गिरोहका नारायण नेपाली, अमृत गुरुङ र डिल्ली गुरुङ फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुरुङको सामान्य चिया पसल छ ।

प्रहरीका अनुसार काठमाडौंमा विकास र प्रकाशले ग्राहक खोज्थे । भीम न्यौपानेसँग मिलेर उनीहरूले जागिरको प्रलोभनमा विभिन्न स्थानबाट व्यक्ति खोजेर काठमाडौं ल्याउने काम गर्दै आएका थिए । एसएसपी खनालका अनुसार सो समूहले ५ देखि ७ लाखसम्म लिएर मिर्गौला बेच्ने गरेको छ । ‘काभ्रेको गिरोह पक्राउ परेपछि मिर्गौला तस्करी निकै कम भएको थियो अहिले नयाँ तरिका अपनाउन थालेका रहेछन्,’ एसएसपी खनालले भने ।

यसअघि दलालहरू काभ्रेको होक्से, नुवाकोट, सिन्धुपाल्चोकलगायत ग्रामीण जिल्लामा गएर कम आय भएकालाई आर्थिक प्रलोभनमा पारी मिर्गौला तस्करी गर्दै आएका थिए । तीन वर्षअघि प्रहरीले त्यस्तो गिरोहका अधिकांश सदस्यलाई पक्राउ गरेपछि मिर्गौला तस्करी कम भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्