२३ जेठ २०८३, शनिबार

गुल्मीमा कांग्रेस - एमाले कार्यकर्ताबीच कुटाकुट

कात्तिक २०, २०७४
गुल्मीमा कांग्रेस - एमाले कार्यकर्ताबीच कुटाकुट

गुल्मी असार १ - गुल्मीमा दुई समुह बिच आक्रमण हँुदा दुई युवा घाइते भएका छन् । बुधवार राती दरवार गाउँपालिका ४ को बिरवासमा कुटपीटबाट गुल्मी दरवार गाउँपालिका ४ का ३४ बर्षिय सुर्य बहादुर पल्ली र ओम बहादुर रजाली घाइते भएका छन् ।

उक्त घटनामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक सत्य नारायण यादवले बताए । दुवैजनाको टाउकोमा गम्भीर चोट लागेको जिल्ला अस्पताल तम्घासले जनाएको छ । आरोपित युवाहरुको समुह बिरवास बजारमा भोज भैरहेको एक होटलमा पुगेर एक्कासी कुटपीट गरेको घाइते सुर्य बहादुर पल्लीले बताए । ‘घाइतेले भने होटल बाहिर बोलाएपछि म बाहिर आएँ,’ उनले भने,‘ त्यसपछि एक्कासी टाउकोमा रडले हाने ।’

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालका अनुसार मादक पदार्थ सेवन, पुरानो रिसिवी घटना घटेको हुनसक्ने बताए । ‘कुट्नेहरु हिरासतमा छन, अनुसन्धान गरिरहेका छौ’नेपालले भने‘अहिले सम्म केहि पुरानो रिसिवी र मादक पदार्थ सेवन देखिएको छ, राजनैतिक प्रतिसोध पनि हुनसक्छ ।’ कुटपीट गर्ने युवाहरु कांग्रेस र कुटिने युवाहरु एमाले समर्थक कार्यकर्ता भएको प्रहरीले जनाएको छ ।

घटनालाई जिल्ला तथा स्थानीय एमाले नेताहरुले नियोजित आक्रमण भएको बताएका छन् । नेकपा एमालेको तर्फबाट गुल्मी दरवार गाउँपालिका ४ विरवासका वडाध्याक्ष खुम बहादुर पल्लीले आफु माथी पटक पटक कांग्रेसहरुले धम्की दिनेगरेको तर अहिले अरु युवा कुटपीट भएको बताए ।

नेपाली कांग्रेस बिरवासका उमेदवार भुपेन्द्र कडेलले कुनै राजनैतिक प्रतिशोध नभएर बिबादमा धकेला धकेल हुँदा दुई जना घाइते भएको बताए । ‘पहिलेबाटै राजनैतिक रङ्ग देखिएको थियो, बुधबार घटना घट्यो,’ कडेलले भने, ‘साथीहरुलाई संम्यमित बनाएर ठुलो घटना हुन दिएनौ ।’ पीडितका आफन्तले कुटपीट गर्ने आरोपित बिरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरेका छन् । घाइते दुवै जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्