२१ असार २०८३, आइतबार

यहाँका महिला अनुहारमा खतरनाक टाटू बनाउँथे, किन ?

कात्तिक २०, २०७४
यहाँका महिला अनुहारमा खतरनाक टाटू बनाउँथे, किन ?

आजकल युवाहरूमा टाटू हान्ने चलन फेशनकै रूपमा रहेको छ । शरीरका विभिन्न भागमा टाटू हान्न केटा र केटीहरू अघि सर्छन् ।


तर म्यान्मारका महिलाहरू अनुहारमा खतरनाक टाटू बनाउँथे । आदिवासी महिलाहरू पुरुषको घिनलाग्दो नजरबाट बच्नका लागि अनुहारमा खतरनाक टाटू बनाउने गर्थे ।

बर्माको राजाको गुलामीबाट बच्नका लागि महिलाहरू यसो गर्थे । सन् १९६० पछि यहाँ महिलाहरूले १२ देखि १४ वर्षको उमेरसम्ममा अनुहारमा टाटू बनाउनुपर्थ्यो ।

अहिले त यो परम्पराको अन्त्य भइसकेको छ । सरकारले नै परम्परा रोक्नका लागि प्रयास गरेको थियो ।
आदिवासी इलाकामा वृद्ध महिलाहरूमा मात्र टाटू देख्न पाइन्छ अचेल । नयाँ पुस्ताका मानिसले यसको लगातार विरोध गरेकाले यो परम्परा हराएर गयो ।

म्यान्मारमा मात्र नभई धेरै अन्य देशमा पनि महिलाहरू यौन उत्पीडनबाट बच्नका लागि महिलाहरू यो तरिका अपनाउने गर्थे ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्