×
Bajaj Top
Khukuri
FONEPAY

हाम्रो देशमा हाम्रा आफ्नै मौलिक र रैथाने सूपहरू छन्, जुन परापूर्वकालदेखि नै चल्दै आएको झोल पदार्थ हो ।

Sanima Bank
morang Auto yamaha

विदेशी परिकार अँगाल्ने प्रवृत्तिका कारण हाम्रा मौलिक सूपहरू पनि लोप हुने स्थितिमा पुगेका छन् । यहाँ हामीले चर्चा गर्न लागेका ५ सूपहरू स्वस्थबद्र्धक र व्यावसायिक रूपमा प्रयोग गर्न सकिने खालका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

ज्वानोको झोल, क्वाटीको रस, जोगी झोल, सिस्नोको सूप, कोदो फापरको खोले यी ५ सूपहरू बनाउन चाहिने सामग्री र विधि समेत यहाँ उल्लेख गरिएको छ ।

ज्वानोको झोल 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

ज्वानोको झोल बनाउन चाहिने सामग्रीः शुद्ध नेपाली घ्यु २ चिया चम्चा, ज्वानो १०० ग्राम, बेसार आधा चिया चम्चा, नेपाली लसुन १ पोटी, नुन स्वाद अनुसार, अदुवा पेस्ट आधा चिया चम्चा, जिराको धुलो पिन्च, चामलको पिठो आधा कप अर्थात् १२५ ग्राम, पानी १ लिटर 

ज्वानोको झोल बनाउने विधिः सर्वप्रथम बाक्लो कराइ बसाल्नुस् र घ्यू हालेर खर्‍याउनुस् । अनि ज्वानो, लसुन पिसेको, अदुवा हालेर ब्राउन कलर हुन दिने । केही समयपछि चामलको पिठो हालेर भुट्ने अनि पानी हालेर उम्लन दिने र स्वाद अनुसार नुन हालेर तातो तातो सर्भ गर्ने । यो सूप सुत्केरी महिलालाई पिलाउने प्रचलन भए तापनि जो कोहीलाई सर्भ गर्दा स्वस्थबद्र्धक र पोषिलो छ । 

क्वाटीको रस

क्वाटीको रस बनाउन चाहिने सामग्रीः ९ किसिमको गेडागुडी आधा किलो, लसुन १ पोटी, अदुवा ५ ग्राम, अकबरे खुर्सानी २ पिस, नुन स्वाद अनुसार, घ्यू या तोरीको तेल १० ग्राम, ज्वानो आधा चिया चम्चा, गरम मसला होल ५ ग्राम, जिरा धनियाँको धुलो आधा चिया चम्चा, बेसार पिन्च, गरम मसलाको धुलो आधा चिया चम्चा, तेज पात २ पिस, हरियो धनियाँ आधा मुठा ।

क्वाटीको रस बनाउने विधिः प्रेसरमा तोरीको तेल हालेर ज्वानो, गेडा जिरा, लसुन, अदुवा र खुर्सानी पड्काउने र काटेको प्याज हालेर ब्राइन हुन दिने । केही समयपछि बाँकी मसला, गरम मसला, नुन, काटेको गोलभेडा हालेर सानो आँचमा पकाउने । अब उम्रेको मिक्स गेडागुडी हालेर राम्ररी चलाउने । उम्लेको पानी हालेर सूपलाई ३ सिँटीसम्म पकाउने । अन्त्यमा पाकेपछि डाडुले केही खुड्ने र धनियाँ या हरियो लसुन हालेर सर्भ गर्ने । क्वाटी सूपमा खसीको मासु हालेर पनि पकाउन सकिन्छ ।

जोगी झोल

जोगी झोल बनाउन चाहिने सामग्रीः मुसुरको दाल ६० ग्राम, गाजर ४० ग्राम, आलु ३० ग्राम, सिमी २० ग्राम, बन्दा ३० ग्राम, काउली ३० ग्राम, प्याज १ पिस, लसुन ३ केस्रा, अदुवा सानो टुक्रा, नेपाली घ्यू २ चिया चम्चा, नुन स्वाद अनुसार, हरियो खुर्सानी २ पिस, पानी ७५० एमएल, हरियो धनियाँ या लसुन सानो आधा मुठा, बेसार पिन्च, चामल १ मुठी ।

जोगी झोल बनाउने विधिः चामल र दाल मिसाएर पखाल्ने र भिजाइ राख्ने । सूप प्यान बसालेर घ्यु हाल्ने र चप गरेको हरियो खुर्सानी, अदुवा लसुन फुराउने । हल्का बेसार हालेर भिजाएको दाल, चामल, मसिनो गरी डाइस काटेको सबै मिक्स भेजिटेबल ओइर्‍याउने । पानी नुन हालेर स्लो हिटमा पकाउने । ओएल डन हुनासाथ हल्का हरियो धनियाँ हालेर तातो–तातो सर्भ गर्ने ।

सिस्नोको सूप 

सिस्नोको सूप बनाउन चाहिने सामग्रीः ताजा सिस्नो २५० ग्राम, नेपाली लसुन १ पोटी, हरियो अकबरे खुर्सानी २ पिस, तोरीको तेल २५ एमएल, हिमाली टिमुर १ चिया चम्चा, नुन स्वाद अनुसार, मकैको पिठो ३० ग्राम ।

सिस्नोको सूप बनाउने विधिः बाक्लो किटको कराइमा पानी बसाल्ने र शुरूमा मकैको पिठो छर्कने । पानी उम्लन थालेपछि पखालेको सिस्नु ओइराइदिने । बिस्तारै घोटी–घोटी लेदो बनाउने र अन्त्यमा तेलमा कुटेको लसुन, हरियो खुर्सानी फुराएर तड्का दिने र नुन, हिमाली टिमुरको धुलो हालेर मज्जाले घोट्ने र तातो–तातो सर्भ गर्ने ।

कोदो फापरको पिठोको खोले

कोदो फापरको खोले बनाउन चाहिने सामग्रीः कोदोको पिठो २०० ग्राम, तिते फापरको पिठो १२० ग्राम, नेपाली घ्यू २ चिया चम्चा, नुन स्वादअनुसार, पानी ७५० एमएल ।

कोदो फापरको पिठोको खोले बनाउने विधिः बाक्लो कराइमा घ्यू तताउने र दुवै पिठो मिसाएर भुट्ने, ब्राउन कलर हुन थालेपछि पानी ओइराइ दिने र राम्ररी मिक्स गर्ने । स्वादअनुसार नुन हाल्ने र तातो–तातो सर्भ गर्ने ।

खसीको खुट्टी सूप

खसीको खुट्टी सूप बनाउन चाहिने सामग्रीः ताजा खसीको खुट्टा २ पिस, काटेको प्याज १ पिस, तोरीको तेल ५ टी स्पुन, मिक्स गरम मसला १–२ टी स्पुन, बेसार १–२ टी स्पुन, अदुवा लसुन पेस्ट १ चिया चम्चा, नुन स्वाद अनुसार, तेजपात २ पिस, धनियाँ आधा मुठा, अकबरे खुर्सानी ३ पिस, पिसेको जिरा १–२ चिया चम्चा ।

खसीको खुट्टी सूप बनाउने विधिः राम्ररी सफा गरेर खसीको खुट्टालाइ काट्ने र एक साइड लगाउने । प्रेसरमा तेल हालेर गरम मसला फुराउने । प्याज हालेर खैरो बनाउने । अदुवा लसुन र अन्य मसला हालेर चलाउने । खसीको खुट्टा हालेर केही छिन भुट्ने । आवश्यकता अनुसार पानी हालेर ५ सिँटी लगाउने । अन्त्यमा काटेको हरियो धनियाँ हालेर तातो–तातो सर्भ गर्ने ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

सरकारले कोरोना भाइरस विरुद्धको खोप अवैधरूपमा बेचबिखनको पाइएमा कारबाही गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बुधवार सूचना जारी गर्दै कोरोना भाइरस विरुद्धको खो...

माघ ५, २०७८

हामी सबै यही सोच्छौं कि कुनै पनि खाद्यपदार्थ फ्रिजमा राख्दा ताजा रहन्छ र बासी हुँदैन । तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ । एक अध्ययनका अनुसार केही खाद्यपदार्थलाई फ्रिजमा राख्दा यस...

माघ ५, २०७८

कोरोना भाइरस संक्रमणको रोकथाममा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् ।  कोरोनाको पहिलो लहरको जोखिम भत्ता पाए पनि दोस्रो लहरको जोखिम भत्ता नपाएको गुनासो स्वास्थ्यकर्मीले गरेका छन् ।&...

माघ ५, २०७८

काठमाडौं - शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो...

माघ ५, २०७८

सरकारले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सबै औषधि उपकरण पर्याप्त रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार गरेको नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना भाइ...

माघ ५, २०७८

कोभिड महामारी चलिरहँदा इम्युनिटीमा एकदमै ध्यामन दिनुपर्ने भएको छ । तर कतिपय मानिसलाई इम्युनिटी सिस्टम कमजोर भएको थाहै हुन्न । यहाँ हामी इम्युनिटी कमजोर भएको लक्षणहरू बताउनछौं ।  रुघाखोकी वयस्क मा...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...