१६ असार २०८३, मंगलबार

२ नम्बर प्रदेशको चुनाव सार्ने सहमति हुँदा कमल थापालाई ‘पीडा’ !

कात्तिक २०, २०७४
२ नम्बर प्रदेशको चुनाव सार्ने सहमति हुँदा कमल थापालाई ‘पीडा’ !

काठमाडौं, १ असार–सत्तारुढ दल र संविधानप्रति असन्तुष्टि जनाएर आन्दोलनरत राष्ट्रिय जनता पार्टीबीच दुई नम्बर प्रदेशमा स्थानीय तहको चुनाव सार्ने सहमति भएको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै राप्रपा अध्यक्ष थापाले दुई नम्बर प्रदेशमा चुनाव सार्ने निर्णय अदूरदर्शी र अपरिपक्व भएको बताएका छन् । निर्वाचन सार्ने निर्णयले गलत सन्देश गएको समेत उनको भनाइ छ ।

अध्यक्ष थापाले सत्तारुढ दलहरुले निर्वाचन आयोगलाई कठपुतली बनाउन खोजेको पनि आरोप लगाएका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्