
काठमाडौं, १ असोज - प्रदेश नम्बर दुईको चुनाव असोज २ गते गर्ने गरि सहमति भएको छ । निर्वाचन आयोग र सरकारका बीचमा भएको छलफलका क्रममा प्रदेश नम्बर दुईको चुनाव असोज २ गते गर्ने निर्णय भएको हो । अरु प्रदेशमा असार १४ गते हुने भनिएको निर्वाचनको मनोनयन गर्ने मिति पनि सरेको छ । भोलिको लागि तोकिएको मनोनयन असार ४ गते गर्ने समझदारी भएको छ ।
सरकार र राजपाका नेताहरुबीच आज भएको छलफलका क्रममा असोज २ गते सम्मका लागि प्रदेश नम्बर दुईको निर्वाचन सार्ने सहमति भएको थियो । सोही अनुसार सरकारको अनुरोधमा निर्वाचन आयोगले असोज २ गते प्रदेश नम्बर दुईको निर्वाचन गर्ने भएको हो ।