
बलिउड अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटिया स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना भएकी छन् ।
आमाको स्वास्थ्यमा समस्या आएपछि अक्षय लण्डनमा जारी शुटिङ छाडी भारत फर्किएका छन् ।
उनले लण्डनमा नयाँ फिल्म सिन्ड्रेलाको शुटिङ गरिरहेका थिए ।
वासु भगनानीको निर्माण तथा रणजीत एम तिवारीको निर्देशनमा चलचित्र बनिरहेको थियो ।
आमा बिरामी भएपछि अक्षय सोमवार बिहान भारत फर्किएका थिए । उनकी आमा अहिले अस्पतालमा छिन् ।