२२ जेठ २०८३, शुक्रबार

सर्वोच्चको आदेशपछि तुलसी गौतमले सम्हाले सञ्चय कोष प्रशासकको जिम्मेवारी

सर्वोच्चको आदेशपछि तुलसी गौतमले सम्हाले सञ्चय कोष प्रशासकको जिम्मेवारी

सर्वोच्च अदालतको आदेशपछि कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमले मंगलवारदेखि फेरि जिम्मेवारी सम्हालेका छन् । 

पुल्चोकस्थित सञ्चय कोषको कार्यालयमा पुगेर गौतमले दिउँसो जिम्मेवारी सम्हालेका हुन् । 

सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले भदौ १७ गते गौतमलाई हटाउने निर्णय कार्यान्वयन नगर्न विपक्षीका नाममा आदेश जारी गरेको थियो । ‘मैले राम्रो काम गर्दागर्दै सरकारले हटाएको थियो, सर्वोच्च अदालतबाट न्याय पाएर पुनः आएको छु,’ गौतमले कार्यभार सम्हाल्दै भने, ‘नियुक्तिको समयमा सरकारसँग गरेको प्रतिबद्धताअनुसार कार्ययोजना अगाडि बढाउँछु ।’

भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई कोषको प्रमुख प्रशासकबाट हटाउने निर्णय गरेको थियो । सरकारको निर्णयविरुद्ध गौतमले भदौ ११ गते सर्वोच्चका रिट दायर गरेका थिए । 

गौतमलाई सरकारले २०७५ वैशाख ४ मा पाँच वर्षका लागि कोषको प्रशासक नियुक्त गरेको थियो । 

लामो समय निजामती प्रशासनमा बिताएका गौतम अनुभवी प्रशासक मानिन्छन् । 

salt training

कमेन्ट गर्नुहोस्