×

NMB BANK
NIC ASIA

रूपन्देहीकी सीता भण्डारीको हत्या कि आत्महत्या ? माइती पक्ष भन्छ- सुनियोजित हत्या

भदौ २२, २०७८

NTC
Sarbottam
सीता भण्डारी ।
Premier Steels
Marvel

रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ राधाकृष्ण टोलकी सीता भण्डारी पौडेल २० गते बिहान घरकै कोठामा मृत अवस्थामा भेटिइन् । 

Muktinath Bank

सीताका बुबा हरिप्रसाद भण्डारीका अनुसार अघिल्लो रात सीता र श्रीमान टीका पौडेल सँगै थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार बिहान साढे ५ बजे टीकाले हरिप्रसादलाई छोरीलाई हेर्ने भए आउनू भनेर फोन गरे । ज्वाइँले नै फोन गरेपछि हरिप्रसाद तिलोत्तमा–८ चार नम्बरबाट छोरीको घर पुगे । 


Advertisment
Nabil box
Kumari

‘छोरीको घरमा सासुससुरामात्र थिए,’ भण्डारीले भने, ‘छोरी खै त ? भनेर सोध्दा उहाँहरू बोल्नुभएन । ज्वाइँ घरमा थिएनन् । कता फरार भएछन् । कोठामा छोरीको लाश देखेँ म बेहोस भएर ढलेँ ।’ 

Vianet communication
Laxmi Bank

कोठाबाट बाथरुम पस्ने ढोकामा काटिएको चुन्नी झुण्डिएको थियो । सीताको शव भुइँमा घोप्टो पारी सिरानीमा टाउको राखिएको रगत लतपतिएको अवस्थामा थियो । 

सीता र टीका पाल्पाबाट भदौ ६ गते माइत चार नम्बर गएका थिए । सीता माइत बसिन् । ७ गते बिहान टीका घर आए । घटना हुने अघिल्लो दिन १९ गते टीकाले सीतालाई फोन गरी भतिजीको जन्मदिन छ घर आउनु भनेर फोन गरेपछि सीता घर गएकी थिइन् । 

२७ वर्षीया सीताको ४३ वर्षीया टीकासँग दुई वर्ष अगाडि मागी विवाह भएको थियो । 

सीताका माइती पक्षले छोरीको हत्या गरेर आत्महत्या गरेको बनाएको आरोप लगाएको छ । ‘मेरी छोरीले आत्महत्या गरेको होइन । यो सुनियोजित घटना हो । हत्या गरिएको हो । इलाका प्रहरी कार्यालय, बुटवलका जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले लिन मानेन,’ भण्डारीले रुँदै भने । 

सीता र टीकाले पाल्पाको तानसेनमा ‘दी दवार रिसोर्ट’ नामको होटल सञ्चालन गर्दै आएका थिए । सीता माइतीमा आउदा अमाजु (श्रीमानकी दिदी) घरमा आउँदा सम्पत्तिको विषयमा सधैँ झगडा गर्ने र झुट्टा आरोप लगाउने गरेको भण्डारी बताउँछन् । पैसा र पावरको भरमा घटनालाई अन्यत्रै मोड्न खोजिएको माइती पक्षको आरोप छ । 

सीताका मामा आकाश पोखरेलले परिवारकै संलग्नतामा हत्या भएको भन्दै दोषीलाई हदैसम्मको कारवाही हुनुपर्ने आरोप लगाए । ‘सुतेको अवस्थामा चुन्नीले घाँटी कसी श्वास बन्द गराई अब मरी भन्ने भएपछि बाथरुमको भेन्टिलेटरमा आफैं झुण्डिएको र आफूले पासो काटेको भन्ने भान पार्न पहिले नै काटेको चुन्नी झुण्डाई राखेको हुन सक्छन् ।’ 

टीकाले सीतालाई दोस्रो विवाह गरेका थिए । पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरेपछि दुई वर्ष अगाडि सीतासँग विवाह भएको थियो । तर, सीताका बुबा हरिप्रसादले पहिलो विवाह बिग्रिएपछि आफ्नो छोरीसँग दोस्रो विवाह गरेको आफूलाई थाहा नभएको बताए । 

प्रहरीले आरोपी टीकालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी मदन कुँवरले टीकालाई नियन्त्रणमा लिई अनुसन्धानलाई अगाडि बढाएको बताए । कुँवरले घटना आत्महत्या दुरूत्साहन जस्तो देखिएको बताए । 

‘पोष्टमार्टम रिपोर्ट सुसाइड (आत्महत्या) गरेको आएको छ । घटनाको विस्तृत अनुसन्धान गर्दैछौँ । सबै पक्षसँग प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको छ,’ कुँवरले लोकान्तरसँग भने, ‘प्राविधिक विश्लेषणसहित घरदेखि सबै क्षेत्रमा सोधपुछ र निगरानीलाई पनि एकसाथ अघि बढाएका छौँ ।’ 

अपराध गर्ने जो कोही पनि सजायको भागीदार हुनुपर्ने माइती पक्षको माग छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x