०५ असार २०८३, शुक्रबार

कमेडी च्याम्पियनका भरतमणिलाई गृहजिल्लामा स्वागत

भदौ २२, २०७८
कमेडी च्याम्पियनका भरतमणिलाई  गृहजिल्लामा स्वागत

कमेडी च्याम्पियन–२  को उत्कृष्ट  (फाइनलिष्ट)मा पर्न सफल भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा आज स्वागत गरिएको छ ।

ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल ¥यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभूषामा सजिएका जिल्लावासीले उहाँलाई बजार परिक्रमा गराएको थियो ।
स्वागतमा फुङ्लिङ बजारका नागरिकले स्वःस्र्फूतरुपमा घरको अगाडि घँडा सजाएका थिए । कमेडी च्याम्पियन सिजनको दुई को उपाधि चुम्न सक्ने शुभकामना दिँदै ताप्लेजुङका नागरिकले फूलमाला, खादा र अबिर प्रदान गरेका थिए । पौडेलले काबेली बजारबाट आर्शिवाद लिँदै फुङलिङ बजार परिक्रमा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्