०३ असार २०८३, बुधबार

तेह्रथुम पावरको आईपीओ शुक्रवार बाँडफाँट हुने, करिब साढे ७४ हजारले मात्रै शेयर पाउने

तेह्रथुम पावरको आईपीओ शुक्रवार बाँडफाँट हुने, करिब साढे ७४ हजारले मात्रै शेयर पाउने

तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशनमा ल्याएको आईपीओ शुक्रवार बाँडफाँट हुने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार शुक्रवार बिहान शेयर बाँडफाँट हुने भएको हो ।

मंगलवार प्रिअलोटमेन्ट सकिएपछि कम्पनीको शेयर बाँडफाँट शुक्रवार गर्ने तयारी भएको एनआईविएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट हुनेछ ।

कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार ७४ हजार ४०० जनाले मात्रै १० कित्ताको दरले शेयर पाउनेछन् । बाँकी आवेदकले भने शेयर नपाउने देखिन्छ ।

हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानीयलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्