२३ असार २०८३, मंगलबार
एमाले संसदीय दलकाे बैठक

एमाले सांसदहरूको एक स्वर- एमसीसी पारित गर्न हुन्न !

एमाले सांसदहरूको एक स्वर- एमसीसी पारित गर्न हुन्न !

नेकपा एमालेका बहुसंख्यक सदस्यहरूले अमेरिकी आर्थिक सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्न नहुने बताएका छन् । 

गाउँ–गाउँसम्म मतदाता र सर्वसाधारण एमसीसीको विपक्षमा रहेकोले एमसीसी अनुमोदन गर्न नहुने उनीहरूको भनाइ थियो । 

संसद् भवन नयाँ बानेश्वरमा बुधवार बसेको एमाले संसदीय दलको बैठकमा बोल्ने बहुसंख्यक सदस्यहरूले एमसीसी अनुमोदन गर्न नहुने बताएका हुन् । 

सांसद सूर्य पाठकले एमसीसी पारित गर्न हुँदैन भनेर बहुसंख्यक जनता उभिएकाले पारित गर्न नहुने बताए । 

डा. शिवमाया तुम्बाहाम्फेले सरकारको निरन्तरताको स्वरुप विगतमा एमसीसी स्वीकार गरेको भए पनि अब स्वीकार्न नहुने बताइन् । ‘एमसीसीभित्र जुन सम्झौता भएका छन्, शेरबहादुर देउवा सरकारले गरेको विषय हो । हिजो सरकारको निरन्तताको रुपमा अगाडि बढाएको हो भने पनि अहिले हामीले हाम्रो भूमिका के हो भन्ने कुरा स्पष्ट गर्नुपर्छ,’ तुम्बाहाम्फेले भनिन् । 

सांसद राजबहादुर बुढाले एमसीसी गाउँ बस्तीसम्म गइसकेकाले नेकपा एमालेले आफ्नो धारणा किटानीका साथ राख्नु पर्ने बताए । ‘हामी जनताकोमा जाँदा कुरा राख्दा एकमतले राख्दा एउटै कुरा राख्नु पर्ने भयो । अलमल नराखी पार्टीको धारणा बनाऔँ,’ उनले भने ।  

लालबाबु पण्डितले संशोधन नगर्दासम्म एमसीसी पारित गर्न नहुने बताए । ‘जबसम्म एमसीसीमा संशोधन हुँदैन, तबसम्म एमसीसी अगाडि बढाउनु हुँदैन । २०४८ सालको संसदमा अरुण तेस्रो  राष्ट्रको हितमा अगाडि बढाउन हुन्न भनेर रोकिएको थियो । एमसीसी पनि संशोधन बिना कुनै काम अगाडि बढाउनु हुँदैन,’ पण्डितले भने । 

राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले एमसीसीबारे पार्टीले धारणा नबनाउँदा कार्यकर्ता र जनताको प्रश्नको जवाफ दिन नसकिएको बताइन् । 

बैठकमा सांसदहरूले सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर चर्को आलोचना गरेका थिए । बुधवार शुरू हुने प्रतिनिधि सभा अधिवेशनमा खेल्ने भूमिकाबारे छलफल गर्न एमाले संसदीय दलको बैठक बसेको हो ।

salt training

कमेन्ट गर्नुहोस्