२५ जेठ २०८३, सोमबार

कोभिड-१९ : थप १६४० जनामा संक्रमण, १० जनाको मृत्यु

कोभिड-१९ : थप १६४० जनामा संक्रमण, १० जनाको मृत्यु

पछिल्लो २४ घन्टामा एक हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४५५ नमूना परीक्षणमध्ये एक हजार ३४७ पीसीआर र २९३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यससँगै नेपालमा हालसम्म ८ लाख ५९ हजार ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ८८९ पुगेको छ । 

मन्त्रालयका अनुसार थप २ हजार १६१ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ३३ हजार १६१ पुगेको छ । 

हाल मुलुकभर २९ हजार ४७९ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्