२१ असार २०८३, आइतबार
संसद्‍मा तनाव

एमालेको नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा टेबल

एमालेको नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा टेबल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बावजुद सरकारले संसदमा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गरेको छ ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल गरेका हुन् ।

यही अध्यादेशका कारण नेकपा एमाले र जसपा विभाजन भएका थिए ।

नेकपा एमालेका सांसदको विरोध छलेर गृहमन्त्री खाण संसद्को रोष्ट्रममा पुगेका थिए । एमाले सांसदहरू रोस्ट्रमतर्फ अगाडि बढ्न खोज्दा मर्यादापालकले रोकेका थिए । 

राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल गरेसँगै प्रतिनिधि सभाको बैठक शुक्रवारसम्मका लागि स्थगित भएको छ ।

माधव नेपाल लगायत १४ सांसदमाथिको कारवाही सदर नगरेको विरोधमा बुधवारका तीनवटै बैठकमा एमालेले नाराबाजी गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्