
नेपाली राष्ट्रिय फूटबल टीमका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई हात्तिवनको प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कूलले स्पोट्र्स एम्बासडर नियुक्त गरेको छ ।
राजधानीमा एक कार्यक्रम गरी प्रिमियरले नेपाली राष्ट्रिय टोलीका कप्तान किरणलाई ३ वर्षका लागि एम्बासडर नियुक्त गरेको हो ।
प्रिमियर स्कूलका प्रबन्ध निर्देशक वसन्त थापा र किरणबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतासँगै किरण स्कूलको स्पोट्र्स कार्यक्रममा सामेल हुनेछन् भने फुर्सदिलो समयमा स्कूलमा आवद्ध भएका विद्यार्थीलाई फूटबलको प्रशिक्षण दिनेछन् ।
कार्यक्रममा अखिल नेपाल फूटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा, स्कूलका पदाधिकारीले किरणसँग जोडिनु संस्थामा आवद्ध भएका विद्यार्थीका लागि फाइदा भएको बताए ।
सम्झौतापछि बोल्दै कप्तान किरणले प्रिमियरले शिक्षासँगै राम्रो फूटबल खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।