काठमाडौं, २ असार - चैतमा संचालन भएको एसईई परीक्षाको नतिजा आज शुक्रवार प्रकाशित हुँदै छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसईई) को नतिजा आज सार्वजनिक गर्ने जनाएको हो ।

नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री गर्ने काम, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न बिहान आठ बजे बोर्ड बैठक बोलाइएकोे कार्यालयका परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए ।
जिपिएस प्रणालीमा नतिजा प्रकाशन गरिने छ । शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को यो पहिलो नतिजा हुनेछ ।
परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए ।
उक्त नतिजा लोकान्तरडटकममा सजिलै हेर्न सकिने छ । नतिजाका लागि लोकान्तरले आफ्नो पेज निर्माण गरेको छ । नतिजा सार्वजनिक हुने वित्तिकै यो लिंकमा गएर रिजल्ट हेर्न सकिन्छ ।
(
www.lokaantar.com/seeresult)