०३ असार २०८३, बुधबार

बोतलमा हावा भरेर बिक्री !

कात्तिक २०, २०७४
बोतलमा हावा भरेर बिक्री !
काठमाडौं, १५ पुस — अस्ट्रेलियाबाट सञ्चालित एक वेबसाइटमा हालै एउटा अचम्मको तस्वीर पोस्ट गरियो । यो तस्वीर एक विज्ञापनको थियो । विज्ञापनमा लेखिएको छ ः हावाको एक बोतलको १८.८० अस्ट्रेलियाली डलरमा किन्न सकिनेछ ।

यो कुनै साधारण हावा हैन, यो त उच्च पहाडी क्षेत्रको ताजा हावा हो । सिधै पर्वतमा हावा भरेर ल्याइएको हो । यस्ता पहाडमा मसलाको रुख हुन्छन् । यस्ता रुख भएका ठाउँको हावा स्वस्थ हुने मान्यता छ ।


ब्लु माउन्टेन्स प्योर एयर नाम दिएर हावा बिक्रीमा राखिएको हो ।

यस्तो विज्ञापनमाथि थरीथरीका प्रतिक्रिया आए । धेरैलाई त हावा किनेर के गर्ने भन्नेमै अन्योल भयो । अनि केहीले चाहिँ यो पैसा उडाउने राम्रो उपाय भएको बताए ।

यो अनौठो उत्पादन ग्रीन एन्ड क्लीन कम्पनीले निकालेको हो । अस्ट्रेलियाका पहाडबाट एयर फार्मिङ (वायु कृषि) का माध्यमले बोतल र क्यानमा हावा भरिन्छ ।


बोतलमा पानी भरेर बिक्री भएको त सुनिरहिएको नै थियो तर अब हावा पनि पो बिक्रीमा राख्न थालियो ।

काठमाडौंमा पनि यस्तो बोतल चाहिने बेला आइसक्यो किनकि यहाँको प्रदूषणस्तर भयावह छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्