२३ असार २०८३, मंगलबार

अफगानिस्तानमा तालिबानको क्रूरता कायमै, पानीमा हातखुट्टा बाँधेर कुटपिट (भिडियो)

भदौ २५, २०७८
अफगानिस्तानमा तालिबानको क्रूरता कायमै, पानीमा हातखुट्टा बाँधेर कुटपिट (भिडियो)

अफगानिस्तानमा तालिबानले पुनः एकपटक कठोर शासन चलाउने लक्षण देखाएको छ । 

काबुलमा दुईजना पत्रकारलाई निर्मम यातना दिएका तालिबान लडाकूहरूले आफ्ना विरोधीलाई छानीछानी कुटपिट गरिरहेका छन् । 

यसैबीच अफगानिस्तानको कुनै ठाउँमा एकजना व्यक्तिलाई पानीभित्र हातखुट्टा बाँधेर अर्को व्यक्तिले लट्ठीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । 

अफगान पत्रकार बिलाल सरवरीले भिडियो शेयर गरेका हुन् । 

सरवरीका अनुसार, गाउँ र जिल्लामा तालिबानको प्रतिशोधको डर मानिसहरूमा छ । 

तालिबानले अघिल्ला सरकारमा काम गर्ने अधिकारी तथा आफूहरूविरुद्ध बोल्ने नागरिकलाई निशान बनाएको आरोप छ । त्यसैले मानिसहरू देश छोडेर जान चाहेका छन् । तर काबुल विमानस्थल बन्द भएकाले पाकिस्तान र इरानको सीमाबाट उनीहरू पलायन गरिरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्