२५ जेठ २०८३, सोमबार

अन्तिम समयमा आएर परिवर्तन भयो संसदको कार्यसूची

अन्तिम समयमा आएर परिवर्तन भयो संसदको कार्यसूची
फाइल तस्वीर।

प्रतिनिधि सभा नवौँ अधिवेशनको दोस्रो बैठकको कार्यसूची अन्तिम समयमा आएर परिवर्तन भएको छ । 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश प्रस्ताव पेश गर्ने लगायत २९ वटा कार्यसूची थियो । तर, अहिले ६ वटा मात्रै कार्यसूची राखिएको छ । 

आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश प्रस्तुत गर्ने कार्यसूची छ । 

संसद बैठक केहीबेरमा शुरू हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्