३२ असार २०८३, बिहीबार

बेलायतकी टेनिस खेलाडी राडुकानुले रचिन् इतिहास

भदौ २५, २०७८
बेलायतकी टेनिस खेलाडी राडुकानुले रचिन् इतिहास

बेलायतकी किशोरी टेनिस खेलाडी एम्मा राडुकानुले यूएस ओपनको सेमीफाइनलमा मारिया साक्कारीलाई हराएर इतिहास रचेकी छन् । 

कुनै पनि ग्रान्ड स्ल्यामको फाइनलमा पुग्ने उनी पहिलो क्वालिफायर हुन् । 

उनले साक्कारीलाई ६-१ ६-४ को सोझो सेटमा पराजित गरेकी हुन् । 

एक महिनाअघि मात्र उनले ओर्पिङटनको ग्रामर स्कूलबाट ए लेभल सकेकी हुन् । उनको भिडन्त क्यानडाकी १९ वर्षीया खेलाडी लैला फर्नान्डेजविरुद्ध शनिवार हुनेछ ।

यूएस ओपनमा एउटा पनि सेट नगुमाइकन उनी फाइनलमा पुगेकी हुन् ।

यूएस ओपनको फाइनलमा सन् १९६८ मा भर्जिनिया वेड पुगेकी थिइन् । त्यसपछि फाइनलमा पुग्ने बेलायती महिला राडुकानु नै हुन् ।

दुई महिनाअघि विम्बल्डनमा प्रतिस्पर्धा गर्दा उनी विश्वमा ३६१औं स्थानमा थिइन् । अहिले न्युयोर्कमा यूएस ओपनको १३ दिनमै उनले इतिहास बनाउँदै फाइनलमा प्रवेश गरेकी हुन् । फाइनल पनि जितेमा उनको उपलब्धि ऐतिहासिक हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्