३१ जेठ २०८३, आइतबार

ओली सरकारले बजेटमा पारेका १४ सय सडक आयोजना देउवा सरकारबाट खारेज

भदौ २५, २०७८
ओली सरकारले बजेटमा पारेका १४ सय सडक आयोजना देउवा सरकारबाट खारेज

अघिल्लो सरकारले अघि बढाएका १ हजार ४०० सडक आयोजना खारेजीमा परेका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट अध्ययन र पूर्व तयारी नभएका आयोजना अगाडि बढाएको थियो । 

कतिपय आयोजनामा स्रोतको सुनिश्चितता थिएन भने कतिपयको विस्तृत परियोजना प्रतिवेदन र अन्य प्राविधिक अध्ययन नै भएका थिएनन् ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार प्रतिनिधि सभामा चालू आर्थिक वर्षको बजेटमा प्रतिस्थापन विधेयक पेश गर्दै आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने योजना कटौती गरेको छ ।

तत्कालीन सरकारले संघीय संसद्को बैठक बोलाउन ४ दिन मात्रै बाँकी रहँदा प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै निर्वाचनको घोषणा गरेको थियो । सो लगत्तै गत जेठ १५ गते अध्यादेशमार्फत चालू आवको बजेट पेश गरेको थियो ।  

प्रतिस्थापन विधेयकमा भनिएको छ, ‘समृद्ध नेपाल निर्माणको आधारको रूपमा रहेको सडक निर्माणलाई योजनाबद्ध रूपमा कार्यान्वयन गर्न सडक सञ्जालको नक्सांकन तयार गरी संघ, प्रदेश र स्थानीय तहको प्रस्ट क्षेत्राधिकार तोकी सडक निर्माण गर्ने नीति लिइने छ । यसैगरी विक्रम संवत् २०८२  चैतसम्म वित्तीय व्यवस्थापन सम्पन्न हुने २०० मेगावाटमाथिका जलाशय तथा अर्ध जलाशययुक्त जलविद्युत आयोजनाले व्यापारिक कारोबार शुरू गरेको मितिले पहिलो १५ वर्षसम्म पूरै र त्यसपछिको ६ वर्षसम्म ५० प्रतिशत आयकर छुट दिने व्यवस्था प्रतिस्थापन विधेयकमा गरिएको छ । यसबाट नेपालको ऊर्जा क्षेत्रको विकासका लागि थप मार्ग प्रशस्त गर्नेछ ।’

salt training

कमेन्ट गर्नुहोस्