२४ जेठ २०८३, आइतबार

जेलबाट मुक्त भएपछि लिबियाका पूर्व राष्ट्रपतिका छोरा टर्कीमा

भदौ २५, २०७८
जेलबाट मुक्त भएपछि लिबियाका पूर्व राष्ट्रपतिका छोरा टर्कीमा

सन् २०११ को विद्रोहमा मारिएका लिबियाका तत्कालिन राष्ट्रपति माहमर गद्दाफीका छोरा सादी गद्दाफी जेलबाट मुक्त भएपछि टर्की पुगेको उनका प्रवक्ता मोसा इब्राहिमले पुष्टि गरेका छन् ।

गद्दाफी शासन कालमा शक्तिशाली शासक मानिने ४७ वर्षीयका सादी आफ्नो खेलकूदका लागि चिनिन्थे । इटालीमा केही समय पेशेवर फुटबलरको रूपमा खेलेका सादी सन् २०११ को नेटो सैनिक गठबन्धनको समर्थनमा भएको विद्रोहपछि नाइजरतर्फ पलायन भएका थिए । उनलाई नाइजर सरकारले पक्राउ गरी सन् २०१४ मा लिबियालाई सुपुर्दगी गरेको थियो ।

उनलाई गद्दाफीका पूर्व मन्त्री र गुप्तचर प्रमुख अहमद रमजान लगायतका अन्य धेरै कैदीहरूसँग रिहा गरिएको थियो ।

“इजिप्ट, साउदी अरब र टर्कीले सादीलाई स्वागत गर्ने बताएकासादीका प्रवक्ताको भनाइ उद्धृत गरी विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१४ पछि त्रिपोलीको जेलमा थुनिएका सादीविरूद्ध सन् २०११ को अरब आन्दोलनमा प्रजातन्त्रका लागि भएका प्रदर्शनमा सहभागीहरूविरुद्ध अपराध गरेको र २००५ मा लिबियाका फुटबल प्रशिक्षक बासिर अल–रायनीको हत्याको आरोप लगाइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्