२३ असार २०८३, मंगलबार

काँग्रेसमा बाँकी क्रियाशील सदस्यता सूची अविलम्ब प्रकाशन गर्न माग

भदौ २५, २०७८
काँग्रेसमा बाँकी क्रियाशील सदस्यता सूची अविलम्ब प्रकाशन गर्न माग


नेपाली कांग्रेसका युवा नेताले पार्टीका क्रियाशील सदस्यता प्रकाशित हुन बाँकी जिल्लाको नामावली अविलम्ब प्रकाशित गरी वडा अधिवेशन सम्पन्न  गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

पार्टीका एक दर्जन युवा नेताले आज संयुक्त वक्तव्यमार्फत देशभर अधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि केही जिल्लाको क्रियाशील सदस्यताको सूची प्रकाशित हुन नसक्दा वडा अधिवेशनको कार्यतालिका नै प्रभावित भएको उल्लेख गरेका छन् ।

हाल कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको कार्यतालिकाअनुसार ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ भने २० जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन । ती जिल्लामा अधिवेशनको प्रक्रिया पनि प्रारम्भ भएको छैन । यसले देशभर एकैपटक सुरु हुने अधिवेशनको परम्परालाई खण्डित तुल्याएको र अधिवेशनको आयोजनासमेतमा विभेद भएको युवा नेताहरुको भनाइ छ ।

युवा नेता डा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले विज्ञप्तिमार्फत पार्टीमा समानुपातिक प्रतिनिधित्वको माग सम्बोधन गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्