
पछिल्लो समयमा यूट्यूबको अकान्ट खोल्ने र भिडियो राख्ने र त्यसैलाई पेशा व्यवसाय बनाउनेको सङ्ख्यामा बढोत्तरी भएको छ । तर, त्यसैको आडमा विकृति पनि उत्रिके मौलाएको छ । राम्रै आम्दानी हुने भए पनि उक्त क्षेत्र करको दायरामा आउन सकेको थिएन । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा पेश गरेको चालु आर्थिक वर्षको बजेटमा यूट्यूबलाई समेत करको दायरामा ल्याइएको छ ।
जानकारहरूका अनुसार नेपालभित्र पनि यूट्यूबमार्फत आम्दानी गर्नेको सङ्ख्या बढ्दै गएको सन्दर्भमा त्यसलाई करको दायरामा ल्याइएको हो । यसबाट थोरै भए पनि सरकारको राजश्वमा योगदान पुग्नेछ ।
यूट्यूबबाट प्राप्त हुने रकमको एक प्रतिशतको दरले अग्रिम कर तिर्नुपर्ने व्यवस्था प्रतिस्थापन विधेयकमा गरिएको छ ।