२२ जेठ २०८३, शुक्रबार

एक दिवसीय क्रिकेटमा नेपालको सानदार जित, सन्दिपले लिए ६ विकेट

एक दिवसीय क्रिकेटमा नेपालको सानदार जित, सन्दिपले लिए ६ विकेट

दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले पपुवान्युगिनीविरुद्ध सानदार जित दर्ता गराएको छ । शुक्रबार राति सम्पन्न खेलमा नेपालले पपुवान्युगिनीलाई १५१ रनले पराजित गरेको हो । नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याउने क्रममा पपुवान्युगिनी ८२ रनमा अलआउट भयो । १९.१ ओभरको खेल खेल्दैगर्दा पपुवान्युगिनीको ब्याटिङ ध्वस्त भएको हो ।
नेपालको सानदार जित हासिल गर्दा सन्दिप लामिछाने एक्लैले ६ विकेट लिए । यस्तै सोमपाल कामी, विक्रम सोब, र सुशन भारीले १–१ विकेट लिए ।

ओमानमा भएको एकदिवसीय सिरिजअन्तर्गत आज डे नाइट खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो ।   नेपालको ब्याटिङमा रोहितकुमार पौडेल र करण केसीले उत्कृष्ट प्रदर्शन गरे । पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ८६ रनको योगदान दिए । सो क्रममा उनले १२३ बल खेल्दै तीन छक्का र दुई चौका हाने । यस्तै केसीले २६ बलमा ४२ रन बनाए ।  यसमा उनको चार छक्का र दुई चौका सामेल थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४५, विनोद भण्डारीले १७ तथा सोमपाल कामीले ११ रन बनाए ।

यसअघि पनि पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको थियो ।

आजको खेलमा सन्दिप नै म्यान अफ दि म्याच भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्