
लोकसेवा आयोगको कर्मचारी बताएर सरकारी जागिर लगाइदिने प्रलोभनमा पारेर सर्वसाधारणलाई ठगी गर्ने एक जनालाई धरानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको पशुपतिनगर–४ घर भई हाल धरान उपमहानगरपालिका– ५ तल्लो देउरालीमा दीपक लिम्बुको घरमा डेरा गरी बस्ने वर्ष ५२ को अमरबहादुर लामिछाने रहेका छन् । लामिछानेले आफू लोकसेवा आयोगको कर्मचारी रहेको भन्दै सर्वसाधारणबाट ठूलो रकम असुल्ने गरेका थिए । गोरखापत्रमा खबर छ ।