
सुसारे (केयर गिभर)को रूपमा इजरायल जानका लागि आवेदन दिएका मध्ये दुुई हजार ६९६ को आवेदन अस्वीकृत भएको छ। वैदेशिक रोजगार विभागले साउन १२ देखि ३२ गतेसम्म अनलाइनमार्फत परेका १० हजार आवेदनको रुजु गर्ने क्रममा ती आवेदन अस्वीकृत गरिएको हो।
तोकिएको मापदण्ड तथा योग्यता नपुगेका कारण आवेदन अस्वीकृत भएको विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिए । उनका अनुसार इजरायलका लागि एक हजार जनाको माग भएकोमा अनलाइनमार्फत नौ हजार ६९९ जनाको आवेदन परेको थियो। गोरखापत्रमा खबर छ ।