०१ असार २०८३, सोमबार

इलामका जिसस सदस्यको कोभिडबाट निधन

भदौ २६, २०७८
इलामका जिसस सदस्यको कोभिडबाट निधन

इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको शनिवार बिहान कोभिडको उपचारका क्रममा निधन भएको छ ।

उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना भएका उनको शनिवार बिहान साढे ४ बजेतिर निधन भएको इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिए ।

१ हप्ताअघि कोभिड–१९ को लक्षण देखिएपछि उनलाई मेची अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा एन्टिजेन परीक्षण गर्दा उनमा कोभिडको संक्रमण देखिएको थिएन ।

स्वास्थ्य अवस्था जटिल बनेपछि उहाँलाई थप उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो । बिएन्डसीमा भर्ना गरिएपछि पीसीआर परीक्षण गर्दा उनमा कोभिड संक्रमण पुष्टि भएको थियो ।

दक्षिणी इलामको रोङ गाउँपालिका–४ निवासी उनी नेकपा एमाले इलामको सचिवालय सदस्य थिए । उनको निधनबाट इलामले एक प्रतिभाशाली युवा राजनीतिकर्मी र जनप्रतिनिधि गुमाएको इलाम जिसस प्रमुख बरालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्