०३ साउन २०८३, आइतबार

एमालेको स्थायी कमिटी बैठक साढे ३ बजे फेरि बस्ने गरी स्थगित

एमालेको स्थायी कमिटी बैठक साढे ३ बजे फेरि बस्ने गरी स्थगित

नेकपा एमालेको स्थायी कमिटी बैठक साढे ३ बजे फेरि बस्ने गरेर स्थगित भएको छ । 

विधान अधिवेशनमा भाग लिने प्रतिनिधिहरूका बारेमा छलफल नसकिएकोले आज नै फेरि बैठक बस्ने गरेर स्थगित भएको हो । 

देशभरबाट करीब तीन हजार प्रतिनिधि हुने प्रस्ताव आएको नेता योगेश भट्टराईले जानकारी दिए । 

‘केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय विभाग, प्रदेश कमिटी, विशेष कमिटी, जनसंगठन, स्थानीय तहका प्रतिनिधिलगायतबाट को–को प्रतिनिधि हुने कति हुने भन्ने छलफल गर्दैछौं,’ उनले भने, ‘आजै बस्ने अर्को बैठकले त्यो टुंगो लगाउनेछ ।’

salt training

कमेन्ट गर्नुहोस्