२२ जेठ २०८३, शुक्रबार

विश्वराम कवांको जीवनमा आधारित ‘मेरो जीवन यात्रा’ पुस्तक सार्वजनिक

विश्वराम कवांको जीवनमा आधारित ‘मेरो जीवन यात्रा’ पुस्तक सार्वजनिक

भक्तपुरका विश्वराम कवांको जीवनीमा आधारित ‘मेरो जीवन यात्रा’ नामक पुस्तक सार्वजनिक भएको छ । 

शनिवार एक कार्यक्रमबीच भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले पुस्तकको विमोचन गरे ।  

पुस्तकमा लेखकले आफनो बाल्यकालदेखि अहिलेसम्मको जीवन यात्राका विभिन्न पक्षहरूका बारेमा उल्लेख गरेका छन् । 

भक्तपुर नगरपालिका–७ मा जन्मेका विश्वराम अहिले ६१ वर्षका भए । 

पुस्तक ६ खण्डमा विभाजित छ । 

पारिवारिक जीवन र विश्वराम कवां, खेलकुदमा विश्वराम कवां, शिक्षामा विश्वराम कवां, भक्तपुर काण्ड र विश्वराम कवां, सामाजिक कार्य र विश्वराम कवां र व्यवसायिक यात्रा र विश्वराम कवां गरी पुस्तक ६ भागमा विभाजित छन् । 

शिक्षण पेशाबाट सेवा निवृत्त भएपछि उनले व्यावसायिक जीवन शुरू गरेका थिए । यो बीचमा उनी खेलकुद जीवनमा पनि लागेका थिए । 

लेखक कवांले पुस्तक बिक्रीबाट उठेको रकम सुस्त मनस्थिति अभिभावक संघ सहयोगार्थ प्रदान गर्ने जानकारी कार्यक्रममा गराए । पुस्तक १४५ पृष्ठको छ । 

salt training

कमेन्ट गर्नुहोस्