
नेकपा एमालेको विधान अधिवेशन दोस्रो पटक सरेको छ ।
एमालेको आज बसेको स्थायी कमिटी बैठकले असोज १५ देखि १७ सम्म अधिवेशन गर्ने गरी विधान अधिवेशन सारेको हो ।
असोजको ४ देखि ६ गतेका लागि बोलाइएको विधान अधिवेशन सारेर असोज १५ मा बोलाउने निर्णय स्थायी कमिटी बैठकले गरेको एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।
एमालेको आन्तरिक विवाद मिल्नु अघि भदौ २७ र २८ को लागि विधान अधिवेशन बोलाउने निर्णय भएको थियो ।
एमालेको विभाजनमा साथ नदिएका नेताहरू एमालेमा फर्किएपछि बसेको स्थायी कमिटी बैठकले विधान अधिवेशनको मिति सारेर असोजको ४ देखि ६ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । तर, आज बसेको स्थायी समितिले भने दोस्रो पटक विधान अधिवेशनको मिति सारेको हो ।
अधिवेशन आयोजनाको लागि तयारी नपुगेकाले सार्नुपरेको भट्टराईले बताए ।