×

NMB BANK
NIC ASIA

एमसीसी बिवाद

के सन्देश लिएर फर्कँदै छिन् एमसीसीको अस्पष्टता चिर्न आएकी फातिमा ?

भदौ २६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा रहेको अन्योल चिर्ने र नेपालमा एससीसी कार्यान्वयनको वातावरण बनाउने उद्देश्य लिएर काठमाडौं अवतरण गरेकी एमसीसी उपाध्यक्ष फातिमा सुमार आइतवार अमेरिका फर्कँदै छिन् । 

Sagarmatha Cement
Muktinath Bank

बिहीवार बिहान ९ बजे काठमाडौं अवतरण गरेकी सुमारले यस बीचमा राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेटेर एमसीसी कार्यन्वयनको सन्दर्भमा नाडी छाम्ने प्रयास गरिन् । तर, राजनीतिक नेतृत्वबाट उनले उत्साहजनक जवाफ भने पाउन सकिनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमानस्थलबाट बाहिरिने क्रममा एमसीसी विरोधीहरूको अवरोध खेपेकी सुमारले राजनीतिक दलहरूबाट पनि एमसीसीलाई अगाडि बढाउन सकारात्मक नरहेको सन्देश पाएकी छन् ।


Advertisment
Nabil box
Kumari

सुमारले सबैभन्दा पहिलो संसदको सबैभन्दा ठूलो एवं प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्षलाई भेटेर एमसीसी अगाडि बढाउन पहल गर्न भनेकी थिइन् । एमाले पुनस्र्थापित संसद सञ्चालनमा अनिच्छुक रहेको सूचना पाएकी सुमारले सबैभन्दा पहिले विपक्षी दलको नेतालाई भेटेर खुशी पार्ने प्रयास गरेकी थिइन । तर, एमाले अध्यक्ष ओलीले उनलाई आफ्नो दलको भूमिका परिवर्तन भएकोले एमसीसीको बारेमा ‘अपडेटेड’ धारणा बनिनसकेको जवाफ दिएका थिए । 

Vianet communication
Laxmi Bank

सुमारसँगको भेटमा ओलीले एमसीसी कार्यन्वयनमा लैजाने वा नलैजाने बारेमा स्पष्ट भने बताएनन् । आफ्नो नेतृत्वको सरकारले एमसीसी अघि बढाउन चाहेको भए पनि सभामुखलगायतको भूमिकाको कारण असफल भएको बताएर एमसीसीको विपक्षमा नरहेको सन्देश ओलीले दिएका थिए । तर, अनुमोदनका लागि सरकारको पोजिसन हेरेर धारणा बनाउने बताएर तत्काल कार्यान्वयनमा लैजान सहयोग गर्ने आश्वासन पनि उनले दिएनन् । एमसीसीको विषयमा मझधारमा रहेर कुरा गरेका ओलीको स्पष्ट जवाफ सुमारले पाइनन् । 

सुमारसँग ओलीले भनेका थिए, ‘एमसीसी पारित गर्नका लागि स्पष्ट बहुमत सरकारसँगै छ । उहाँहरूले एमसीसीलाई कसरी प्रस्तुत गर्नुहुन्छ त्यसैअनुसार हामी धारणा बनाउँछौं ।’

एमसीसीको सन्दर्भमा ओलीको अस्पष्ट जवाफ सुनेर बालकोटबाट फर्किएकी सुमारले सोही दिन सिंहदरबारमा एमालेबाट छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसहितको टोलीलाई भेटिन् । 

उक्त भेटमा अध्यक्ष नेपालले राष्ट्रहित विपरीतको अनुदान नचाहिने भन्दै एमसीसी कार्यान्वयन गर्न नसकिने जवाफ दिएका थिए । तर, नेकपा (एस)का अध्यक्ष नेपाललाई सुमारले एमसीसी नेपालकै हितमा रहेको भन्दै ‘कन्भिन्स’ गर्ने प्रयास गरेकी थिइन् । सत्ता साझेदार दल नेकपा (एस)को तर्फबाट उनले एमसीसी अगाडि नबढ्ने स्पष्ट सन्देश पाएकी छन् । 

सत्तारूढ गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले पनि सबै राजनीतिक दलहरू सहमत भए मात्रै एमसीसी अघि बढाउने सक्ने बताएर घुमाउरो रूपमा एमसीसी अघि बढ्न नसक्ने सन्देश दिएका छन् । 

दाहालले एमसीसीका सन्दर्भमा सबै राजनीतिक दल सहमत भएमात्रै भन्नुको अर्थ सबै राजनीतिक दल एकमत छैनन् तसर्थ एमसीसी अघि बढ्दैन भन्नु हो । प्रचण्डले भने सार्वजनिक रूपमा एमसीसी अहिलेकै अवस्थामा अघि बढाउन नहुने अभिव्यक्ति दिइरहेका छन् ।  

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाबाट भने सुमारले एमसीसी कार्यान्वयन गर्ने आश्वासन पाएकी छन् । राजनीतिक दलहरू अबुझ भएकाले एमसीसी कार्यान्वयन गर्न नसकेको बताएका देउवाले एमसीसीलाई अगाडि बढाउन पहल गर्ने बताएका थिए । 

तर, एमसीसी उपाध्यक्ष फातिमाले भने सम्झौता अघि बढाउने वा नबढाउने स्पष्ट उत्तर दिन दबाब दिएकी थिइन् । प्रधानमन्त्रीले एमसीसी कार्यान्वयन गर्नका लागि केही समय दिन भनेको बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्रीको प्रस्तावमा सुमारले आफूहरू एमसीसीमा अब धेरै अल्मलिएर बस्न नसक्ने भएकोले स्पष्ट जवाफ माग गरेकी थिइन् । 

प्रधानमन्त्रीबाट पनि स्पष्ट जवाफ नपाएकी सुमारले आज अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर एमसीसी अनुमोदनको लागि दबाब दिएकी थिइन् । अर्थमन्त्रीले भने राजनीतिक सहमति बनाउने प्रयास गरिरहेको जवाफ दिएका थिए । 

तीन दिनको दौडधूप र परामर्शमा एमसीसी कार्यान्वयनको पक्षमा फातिमा स्पष्ट जवाफ पाइनन् । नेताहरूले एमसीसी कार्यान्वयनमा अन्योलता देखाएका छन् । एमसीसीमा भएको अस्पष्टता चिर्न आएको उपाध्यक्ष फातिमा सुमार नेतृत्वको प्रतिनिधि मण्डल भ्रमणको आखिरी समयमा आइपुग्दा आफैं अन्यौलपूर्ण अवस्थामा पुगेको छ । 

उनीहरू नेपाल आएकै समयमा एमसीसीविरुद्ध व्यापक प्रदर्शनसमेत भएको छ, जसले नेपालमा नागरिकस्तरमा एमसीसीको विरोध भइरहेको सन्देश फातिमाले पाएकी छन् । 

चार दिनको भ्रमण सकेर अमेरिका फर्केपछि अमेरिकाको स्टेट सेक्रेटरी अध्यक्ष रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसनको बोर्डलाई फातिमाले गर्ने ब्रिफिङको आधारमा नेपालमा एमसीसी जारी रहन्छ वा फिर्ता जान्छ भन्ने निक्र्योल हुनेछ । 

अन्यौलपूर्ण अवस्थामा फर्किन लागेको सुमार नेतृत्वको प्रतिनिधि मण्डलले बोर्डमा कस्तो ब्रिफिङ गर्‍यो भन्ने थाहा पाउन भने एमसीसी बोर्डले गर्ने निर्णय नै पर्खनुपर्ने छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x