२२ जेठ २०८३, शुक्रबार

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई सिरहाको नरहा गाउँपालिका-३ चोहर्वास्थित सडकबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरी कञ्चनरुप नगरपालिका-११ बेङगरी बस्ने २८ वर्षीया ललिता चौधरी र सिरहा धनगढिमाई नगरपालिका-१ बाखैर बस्ने ३५ वर्षीया उषा देवी मलाह रहेका छन् । उक्त स्थानमा २ जना किशोरीलाई भारततर्फ बेचबिखनको लागि लैजान लागेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । 
उनीहरुले पीडितहरुलाई लहानको आश्रममा मासिक ५० हजार रुपैयाँको काम लगाइदिने भनि प्रलोभनमा पारी ललाई फकाई लहानसम्म बोलाई लहानबाट पुन जनकपुरमा अझ राम्रो काम पाईने भनी गाडीमा चढाई विचबाटैबाट नेपाल भारत सिमानाका सिरहा माडरतर्फ बेचबिखनको लागि ओसारपसार गरेको अनुसन्धानको क्रममा खुल्न आएको हो ।
उनीहरु उपर मानव बेचबिखन तथा ओसारपसार कसूरमा मुद्दा दर्ता गरी आइतबार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको तथा घटनामा संलग्न अन्य अभियुक्तहरुको समेत खोजी भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्