३१ जेठ २०८३, आइतबार

एमाले विधान महाधिवेशन सर्‍यो, अब कहिले ?

भदौ २७, २०७८
एमाले विधान महाधिवेशन सर्‍यो, अब कहिले ?

एमालेको विधान महाधिवेशन ११ दिन पर सरेको छ। स्थायी कमिटीको शनिवारको बैठकले थप छलफल गर्नुपर्ने भन्दै झण्डै दुई साता पर महाधिवेशन सार्ने निर्णय गरेको छ।

असोज १५, १६ र १७ गते काठमाडौंमा विधान महाधिवेशन गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। यसअघि असोज ४, ५ र ६ गते तोकिएको थियो।

बहुमत पदाधिकारी फरक धारबाट निर्वाचित भएपछि अध्यक्षलाई काम गर्न अप्ठ्यारो भएको भन्दै पार्टीमा अध्यक्षलाई शक्तिशाली बनाउने गरी एमालेले विधान संशोधन गर्न लागेको हो। महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय कमिटी मात्र निर्वाचित हुने गरी साउन २५ गतेको केन्द्रीय कमिटी बैठकले विधान संशोधनको निर्णय गरिसकेको छ। उक्त निर्णयलाई अनुमोदन गर्न विधान महाधिवेशन बोलाइएको हो। केन्द्रदेखि स्थानीय तहका ३ हजार प्रतिनिधि विधान अधिवेशनमा उपस्थित हुने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए। 

यसअघि महाधिवेशनबाट निर्वाचित हुँदै आएका उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरू अब मनोनीत हुनेछन्। नवौं महाधिवेशनबाट अध्यक्षमा केपी ओली निर्वाचित भए पनि बहुमत पदाधिकारी माधव नेपाल निकट निर्वाचित भएका थिए। 

थप छलफल गर्नुपर्ने भएकाले विधान संशोधनको मिति संशोधन गरेका भट्टराईले भने। उनले भने, ‘असोज ३ र ४ गते स्थायी कमिटी र ८ र ९ गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेका छौं।’ स्थायी कमिटीले विधान संशोधनसम्बन्धी प्रस्ताव र सांगठनिक एवं राजनीतिक प्रतिवेदन विषयमा छलफल गर्ने भट्टराईले बताए।  अन्नपूर्ण पोस्टमा तारा चापागाईंले खबर लेखेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्