
हाल मौसममा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिणतर्फ रहेको पनि महाशाखाको भनाइ छ।
जसका कारण हाल देशको पहाडी भूभागमा सामान्य बदली र तराई भूभागमा आंशिक बदली रहेको छ ।
यसैगरी आइतबार दिनभर देशको अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।