विराटनगर, २ असार– आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका एक दर्जन बढी नेता कार्यर्ता विराटनगरबाट पक्राउ परेका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा तालाबन्दी गर्न गएका राजपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
नाराबाजीसहित निर्वाचन कार्यालय पुगेका राजपा कार्यकर्ताले मुख्य प्रवेसद्वारमा तालाबन्दीको प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
प्रहरीले राजपाका मोरङ संयोजक मोहम्मद कादिरसहित १४ जना स्थानीय नेता, कार्यकर्तालाई पक्राउ गरेको हो ।