३१ जेठ २०८३, आइतबार

मुम्बई ब्लास्ट घटनाको फैसला : ग्याङस्टर अबु सलेम दोषी ठहर

कात्तिक २०, २०७४
मुम्बई ब्लास्ट घटनाको फैसला : ग्याङस्टर अबु सलेम दोषी ठहर

काठमाडौं, २ जेठ — भारतको मुम्बईको विशेष टाडा अदालतले सन् १९९३ मा भएको मुम्बई शृंखलाबद्ध बम आक्रमणको मुद्दामाथिको सुनुवाइको दोस्रो चरणमा शुक्रवार महत्त्वपूर्ण फैसला सुनाएको छ ।


यसमा अदालतले कुख्यात ग्याङस्टर अबु सलेमलाई दोषी ठहर गरेको छ । अबुमाथि आक्रमणको षड्यन्त्र रचेको आरोप छ । यसका अलावा मुस्तफा दोसा र उनका भाइ मोहम्मद दोसा, फिरोज राशिद खान, करीमुल्ला शेख र ताहिर मर्चेन्टलाई पनि दोषी ठह–याइएको छ ।

सन् २००५ मा शुरु भएको पुर्पक्षमा १२ वर्षपछि अदालतले महत्त्वपूर्ण फैसला सुनाएको हो ।

सन् १९९३ मा भएको विस्फोटमा २५७ जनाको मृत्यु भएको थियो । घटनामा ७१३ जना गम्भीर भाइते भएका थिए र २७ करोड भारु बराबरको सम्पत्ति नष्ट भएको थियो ।

बम आक्रमणको मुख्य आरोपित दाउद इब्राहिमलाई सन् १९९५ देखि फरार घोषित गरिएको छ । उनी खाडी मुलुकमा लुकेर बसेका छन् ।

यो घटनामा नै बलिउड अभिनेता सञ्जय दत्त मुछिएका थिए । अबु सलेमले सञ्जयलाई एके ५६ राइफल, २५० गोली र केही हातेबम राख्न दिएका थिए ।

पञ्जाब केसरीबाट

salt training

कमेन्ट गर्नुहोस्