०४ असार २०८३, बिहीबार

१६ करोड वर्षअघि उड्थे ड्य्रागन, वैज्ञानिकहरूले गरे खोज

भदौ २९, २०७८
१६ करोड वर्षअघि उड्थे ड्य्रागन, वैज्ञानिकहरूले गरे खोज

दक्षिण अमेरिकाका वैज्ञानिकहरूले उत्खनन गर्दा उड्ने ड्य्रागनको जीवाश्म पत्ता लगाएका छन् । 

दक्षिणी गोलार्धमा पाइएको यो पहिलो जीवाश्म हो । चिलीको अटाकामा रहेको मरुभूमिमा पखेटा भएको यो जीवको अवशेष फेला परेको हो । 

१६ करोड वर्षअघिको यो जीवको लामो र चुच्चो पुच्छर, पखेटा र तीखो दाँत हुन्थ्यो । 

गोन्डवाना नामक अतिविशाल महादेशमा यस प्रजातिका जीवको अस्तित्व थियो । 

अनुसन्धानको नेतृत्व गर्ने चिली विश्वविद्यालयका वैज्ञानिक झोनटन अलारकोनले रोयटर्स समाचार संस्थालाई बताएअनुसार, यस प्रजातिका जनावर निकै धेरै थिए । यिनीहरू उत्तर र दक्षिण अमेरिकामा फैलिएका थिए । 

न्यु साइन्टिस्टमा छापिएको खबरअनुसार, सबभन्दा साना प्रजातिको पखेटा जम्मा २५ सेन्टीमिटर लामो थियो भने सबभन्दा ठूलो पखेटा १० मिटरसम्म लामो हुन्थ्यो । 

यस जीवका विषयमा गरिएको खोजको निष्कर्ष एक्टा पेलीओन्टोलोजिका पोलोनिका नामक पत्रिकामा छापिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्