×

NMB BANK
NIC ASIA

एमालेको नाराबाजी नरोकिएपछि प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित

भदौ २९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायम राखेपछि प्रतिनिधि सभाको बैठक एक साताको लागि स्थगित भएको छ । 

Muktinath Bank

मंगलवार बजेट प्रतिस्थापनको लागि ल्याइएको विनियोजन विधेयक २०७८ स्वीकृत भएसँगै सभामुख अग्नि सापकोटाले असोज ४ गतेसम्मको लागि बैठक स्थगित गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार बसेको बैठकमा पनि विगतमा जस्तै एमाले सांसदहरूले नाराबाजी गरेका थिए । एमालेको नाराबाजीका बाबजुद सभामुख सापकोटाले अर्थमन्त्रीलाई विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिए । 


Advertisment
Nabil box
Kumari

हो–हल्लाकै बीच सभामुखले प्रस्तावमाथि छलफल चलाए । छलफलमा नेमकिपाका सांसद प्रेम सुवाल सहभागी भए । उनले एमसीसीको विरोध गरे । 

Vianet communication
Laxmi Bank

त्यसपछि राष्ट्रिय सभाका पूर्व सदस्य रुक्मशमशेर राणा र संविधानसभाका सभाका पूर्व सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित भयो । शोक प्रस्तावको क्रममा नाराबाजी रोकेका एमाले सांसदले फेरि नाराबाजी लगाए । 

त्यसपछि सभामुख सापकोटाले प्रतिनिधि सभाको बैठक असोज ४ गतेसम्म स्थगित गरेका छन् । बीचमा शनिवार र संविधान दिवस परेकोले असोज ४ गतेसम्म बैठक स्थगित गरिएको संसद सचिवालय स्रोतले बतायो । 

‘यसबीचमा प्रमुख प्रतिपक्षी दलसँग संसद खुलाउने विषयमा सार्थक वार्ताका लागि बैठक लामो समयको लागि स्थगित गरिएको हो,’ सचिवालय स्रोतले भन्यो ।

माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय कार्यान्वयन नगरेर पार्टी विभाजनमा सभामुखले भूमिका खेलेको आरोप लगाउँदै एमालेले संसद अवरोध गरिरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x