०४ असार २०८३, बिहीबार

गुडिरहेको बसमाथि ढुंगा खस्दा १ जनाको मृत्यु

भदौ २९, २०७८
गुडिरहेको बसमाथि ढुंगा खस्दा १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

जयपृथ्वी राजमार्गमा गुँडिरहेको यात्रुबाहक बसमा ढुंगा खस्दा बसमा सवार १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । 

राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक नजिक मंगलवार बिहान २ः३० बजेतिर कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख ११५६ नम्बरको बसमा सडकमाथिबाट खसेको ढुंगा लागेको हो ।

मृत्यु हुनेमा बझाङ थलारा गाउँपालिका–५ का १८ वर्षीय अर्जुन नेपाली रहेका छन् । अर्जुनको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

ढुंगा लागेर घाइते हुनेमा बझाङकै जयपृथ्वी नगरपालिका–११ का ४० वर्षीय हरिप्रसाद जोशी, ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका–४ का २८ वर्षीय माधव भट्ट रहेका छन् ।

घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । शव घटनास्थलमै रहेको छ । बसमा सवार अन्य यात्रु सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

घटनापश्चात् राजमार्ग केही घण्टा अवरुद्ध रहेको भए पनि अहिले सञ्चालनमा आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्