०६ असार २०८३, शनिबार

निकटवर्ती सहयोगीलाई कोरोना लागेपछि पुटिन आइसोलेसनमा

भदौ २९, २०७८
निकटवर्ती सहयोगीलाई कोरोना लागेपछि पुटिन आइसोलेसनमा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सेल्फ आइसोलेसनमा गएका छन् । 

उनका निकटवर्ती सहयोगीहरूमा कोरोना संक्रमण देखिएपछि उनी आइसोलेसनमा गएका हुन् । 

न्युज एजेन्सी एएफपीका अनुसार, पुटिनले यसै साता ताजकिस्तानको भ्रमण गर्नुपर्ने थियो तर अब त्यो हुने छैन । क्षेत्रीय सुरक्षाको बैठकमा भाग लिन पुटिन ताजकिस्तान जानुपर्ने थियो ।

salt training

कमेन्ट गर्नुहोस्