२५ असार २०८३, बिहीबार

ग्याभिन न्युसमका लागि भोट माग्दा घरिघरि खोके बाइडनले (भिडियो)

भदौ २९, २०७८
ग्याभिन न्युसमका लागि भोट माग्दा घरिघरि खोके बाइडनले (भिडियो)

अमेरिकाका राष्ट्रपति जो बाइडनले क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमका लागि भोट माग्ने क्रममा सम्बोधन गर्दा घरिघरि खोकेका छन् ।

७८ वर्ष पुगिसकेका बाइडनले भाषणका क्रममा बारम्बार खोकेपछि पानी पिउनुपरेको थियो । उनले सहभागीसँग माफी पनि मागेका थिए । 

सम्बोधनका क्रममा उनले रिपब्लिकन उम्मेदवार ल्यारी एल्डरको चर्को आलोचना गरे । 

सोमवार राति लंग बीच सिटी कलेजमा आयोजित समारोहमा बाइडनले भने, ‘तपाईंहरूले ग्याभिन न्युसमलाई फेरि जिताउनुस् नत्र डोनल्ड ट्रम्प पाउनुहुनेछ ।’

मंगलवार गभर्नरको निर्वाचन हुन लागेको छ । त्यसमा न्युसम र एल्डर भिडिरहेका छन् । 

न्युसमसँग मिलेर साक्रामेन्टो क्षेत्रमा आगलागीले गरेको क्षतिको अवलोकन गरेका बाइडन पछि लंग बीच आइपुगेका थिए । उनले पोहोर साल डोनल्ड ट्रम्पविरुद्ध लडेको स्मरण गरे । 

‘यो वर्ष रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पका फोटोकपी छन् । उनी यस राज्यका गभर्नर भए भने के होला, अनुमान गर्न सक्नुहुन्छ ? तपाईंहरूले त्यसो हुन दिनुहुन्न । धेरै कुरा धरापमा पर्छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्