२४ असार २०८३, बुधबार

कोभिड-१९ : थपिए १५६२ संक्रमित, १९ जनाको मृत्यु

कोभिड-१९ : थपिए १५६२ संक्रमित, १९ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा १५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४४३ नमूना परीक्षणमध्ये एक हजार १८० पीसीआर र ३८२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यससँगै नेपालमा हालसम्म ८ लाख ६६ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ९८४ पुगेको छ । 

मन्त्रालयका अनुसार थप एक हजार ५८९ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ४२ हजार ३०६ पुगेको छ । 

हाल मुलुकभर २६ हजार २०२ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्