
नेपाली सेनाले गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको सिद्धबक्स गणको टोलीले हेटौंडा उपमहानगरपालिका–३, हाँडीखोलाका २८ वर्षीय बुद्धबहादुर व्लोन लामालाई गाँजासहित पक्राउ गरेको हो ।
लामाबाट गाँजा १०३.९२ किलो, मोबाइल २ सेट, झोला २ थान बरामद गरिएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार लामा र बरामद सामग्री पर्सा निकुञ्ज प्रशासनमा बुझाइएको छ ।